सोलुका स्थानीय तहको बेरुजू झण्डै ३१ करोड
सोलुखुम्बु – सोलुखुम्बुको ८ स्थानीय तहको बेरुजू रकम झण्डै ३१ करोड देखिएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औ प्रतिवेदनमा आर्थिक बर्ष २०७६–७७ को बेरुजू रकम ३० करोड ९९ लाख ८१ हजार देखिएको हो ।
जिल्ला स्थानीय तह मध्ये सबैभन्दा बढि बुरुजू माप्य दुधकोशी गाउँपालिकाको देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा माप्य दुधकोशीको बेरुजू रकम १२ करोड १६ लाख ५६ हजार उल्लेख गरिएको छ । दोस्रो बढि बेरुजू रकम खुम्बु पासाङल्हामू गाउँपालिकाको देखिन्छ ।
प्रतिवेदन अनुसार खुम्बुको ८ करोड ८६ लाख २२ हजार बेरुजू देखिएको छ । सोलुदुधकुण्ड नगरपालिकाको बेरुजू रकम ३ करोड ७० लाख ४२ हजार देखिएको छ भने नेचासल्यान गाउँपालिकाको बेरुजू ३ करोड ४४ लाख ५३ हजार उल्लेख गरिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार लिखुपिके गाउँपालिकाको एक करोड ३१ लाख ८ हजार, थुलुङ दुधकोशी गाउँपालिकाको ८६ लाख ४ हजार, सोताङ गाउँपालिकाको ३६ लाख ९२ हजार र सबैभन्दा कम बेरुजू महाकुलुङ गाउँपालिकाको २८ लाख ४ हजार रहेको छ ।