
सोलुखुम्बु – कोरोना महामारी बढेसंगै हिमाली जिल्ला सोलुखुम्बुमा आयुर्वेद औषधिको प्रयोगकर्ता बढ्न थालेका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुको तथ्याङक अनुसार पछिल्लो समय ५१ प्रातिशतले आयुर्वेद औषधिको प्रयोगकर्ता बढेको पाइएको हो । निषेधाज्ञाको समयमा सामान्य अवस्था भन्दा बढी श्वासप्रश्वासका विरामीहरु जिल्ला आयुर्वेद केन्द्र पुग्ने गरेका छन् ।
केन्द्रमा रोग प्रतिरोधात्मक क्षमता बढाउने देखि विभिन्न रोगहरुको आयुर्वेदिक पर्याप्त मात्रामा पाइने भएकाले प्रत्येक दिने विरामीहरु आयुर्वेद कार्यालय पुग्ने गरेका कार्यालयका सूचना अधिकारी केशव ढुगानाले जानकारी दिए । श्वासप्रश्वास संगै कमलपित्त, दिर्घरोगीहरु समेत उपचारको लागि आयुर्वेद कार्यालय पुग्ने गरेका छन् ।
आयुर्वेद स्वास्थ्य केन्द्रले कार्यालयमा पुग्ने विरामीहरुलाई परामर्श प्रदान गर्ने र सो अनुसारको औषधी उपलब्ध गराउने गरेको छ ।