सोलुमा ३०१ पशुचौपाय माथि जंगली जनावरको आक्रमण

सोलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्जले जंगली जनावरबाट ३०१ पशुचौपाय तथा ५ मानिसलाई आक्रमण गरेपछि ९६ लाख भन्दा बढि क्षतिपुर्ती पिडित पक्षलाई वितरण गरेको छ ।

चालु आर्थिक वर्ष २०७७–७८ मा जिल्लामा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र तथा डिभिजन वन कार्यालयले उपलब्ध गराएको जंगली जनावरले पु¥याएको क्षति विवरणका आधारमा २४५ पशुपालक कृषक तथा भालु पिडित ५ परिवारलाई गरि ९६ लाख ९ हजार ४ सय ५४ रुपैँया क्षतिपुर्ती रकम दुई चरणमा वितरण गरिएको हो ।

पहिलो चरणमा १६३ पशुचौपायको क्षति व्यहोरेका सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रका ८२ कृषकलाई गत मंसिरमा ४८ लाख ९० हजार रुपैँया वितरण गरिएको थियो । अहिले दोस्रो चरणमा १३० वटा पशुचौपायाको क्षति व्यहोरेका ११० जनालाई ४७ लाख १९ हजार ४५४ रुपँैया क्षतिपुर्ती रकम उपलब्ध गराईएको सगरमाथा राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्ययले जानकारी दिए ।

उनका अनुसार डिभिजन वन कार्यालयमा चितुवाले पशु चौपाय क्षति गरेको तथा भालुले मानिसलाई आक्रमण गरेको पिडित परिवारका लागि क्षतिपुर्ती वापत ६ लाख ४ हजार रुपैँया पठाईएको छ ।

(फोटो-क्षतिपुर्ती रकम वितरण गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत उपाध्याय)