सोलुमा ४६ प्रतिशत रोपाँई
सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा ४६.१४ प्रतिशत रोपाँई सकिएको छ ।
जिल्लामा लगातार बर्षात भएसँगै एक हप्तामै रोपाँई ५ प्रतिशतबाट बढेर ४६ प्रतिशतमा पुगेको हो । जिल्ल्लाको नेचासल्यान गाउँपालिकामा हाल सम्म ४० प्रतिशत, थुलुङ दुधकोशीमा ७४ प्रतिशत, लिखुपिकेमा ९५ प्रतिशत, सोलुदुधकुण्ड नगरपालिकामा ५० र महाकुलुङ गाउँपालिकामा ८५ प्रतिशत रोपाँई सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा १५२५ हेक्टर जमिनमा धान खेति हुँदै आएको छ ।