सोलुमा ७८९ उद्योग नयाँ दर्ता
सोलुखुम्बु – चालु आर्थिक बर्षमा सोलुखुम्बुमा ७८९ उद्योग दर्ता भएका छन् । त्यसमध्ये बाणिज्यतर्फ १५७ वटा उद्योग दर्ता भएका छन् ।
त्यस्तै घरेलु तथा साना उद्योग कार्यालयले चालु आर्थिक वर्षमा ४८ लाख ६१ हजार २ सय रुपैँया राजस्व संकलन गरेको छ ।
उद्योग तर्फ ३९ लाख ८२ हजार ७ रुपैँया र बाणिज्य तर्फ ८ लाख ७८ हजार ५ सय रुपैँया राजस्व संकलन गरिएको कार्यालय प्रमुख मेघराज बस्नेतले जानकारी दिए ।