धरान, सोनी हाङ्मा घटना प्रकरणमा : ससुरा सहित ४ जना पक्राउ

२०७७-भदौ २४

हाम्रो आवाज- धरान ११ मा घरको कोठामा मृत्त फेला परेकी सोनी हाङ्मा लिम्बुकाे घटनाका अनुसन्धानकालागी भन्दै प्रहरीले ४ जनालाई नियन्त्रणमा  लिएकाे छ ।

सिंगापुर लाहुरेसँग विवाह गरेकी सोनीको घर पटिका आफन्तले उनले आत्महत्या गरेको भनेपनी माइती पक्षले हत्या भएकाे दावी गर्दै हिजो किटानी जाहेरी दिएका थिए ।

साेहि जाहेरीका आधारमा प्रहरीले ६१ बर्षीय ससुरा भीम माबो, देवर २० बर्षीय हेमकुमार माबो, केटाकी दिदी २८ बर्षीया सञ्जु माबो र २५ बर्षीया विमला माबोलाई नियन्त्रणमा लिएकाे प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिएका छन् ।

पक्राउ परेका उनीहरूलाई भोलि जिल्ला अदालत सुनसरीमा म्याद थप गर्ने  प्रहरी निरीक्षक ओलीले बताएका छन् ।

तीन महिना अघि विवाह गरेकी सोनीकाे शव सोमबार घरको कोठामा प्रहरीले फेला परेकाे थियाे । परिवारले भने सलले पंखामा पाशो लगाएर झुण्डिएको अवस्थामा देखेको र छिमेकी एक युवती आएर पासो खोलेर खाटमा राखेको बताउदै आएका छन् ।