सोताङ गाउँपालिकाको बजेट ३५ करोड २९ लाख

सोलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिकाले ३५ करोड भन्दा बढिको बजेट ल्याएको छ ।

आज बसेको गाउँ सभामा आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ३५ करोड २९ लाख ५४ हजारको बजेट प्रस्तुत गरिएको प्रमुख प्रसासकिय अधिकृत अर्जुन दर्जीले जानकारी दिए ।

निति तथा कार्यक्रममा ७० वर्ष माथिका जेष्ठ नागरिकको उपचार निशुल्क गर्ने, हुँगा खोलामा ट्रस्ट ब्रीज बनाउने लगायतका कार्यक्रम समाबेश गरिएको छ ।