सोताङका २३३ परिवारलाई खाद्यान्न
सोलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिका २ का स्थानीयलाई राहत वितरण गरिएको छ ।
सोताङ २ जुकेका मिंमानुरु शेर्पाको पहलमा कोरोना महामारीको समयमा समस्या परेका २३३ घरपरिवारलाई राहत वितरण गरेका हुन ।
प्रतिघर ३० केजी चामल, ३ केजी चिनी, ५ केजी मैदा, ५ केजी नुन, १ कार्टुन चाउचाउ र १ प्याकेट चियापत्ती वितरण गरिएको हो ।