सोताङ गाउँपालिकाले काठमाण्डौमा ४३० परिवार लाई राहत बितरण गर्यो ।
काठमाडौं,२९ जेठ- सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकाले काठमाण्डौं उपत्यकामा अस्थायी बसोबास गरिरहेका ४ सय ३० परिवार गाउँपालिकाबासीहरु लाई राहत वितरण गरेको छ ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नको लागि सरकारले लामो समय गरेको लकडाउनको कारण काठमाण्डौं उपत्यकामा अप्ठ्यारामा परेका आफ्ना ५ वटै वडाका नागरिकहरुलाई गाँउपालिकाले राहत वितरण गरेको हो । गाँउपालिका अध्यक्ष बीर बहादुर राईको नेतृत्वमा वडाअध्यक्ष तारा राई र सचिव भिम मगर सहितको टोली राहत वितरण गर्न काठमाण्डौं उपत्यका आउनुभएको हो। टोलीले प्रति परिवार १ बोरा चामल, ३ केजी दाल, १ केजी नुन र १ लिटर तेल राहतको रुपमा वितरण गरेकोछ ।
उपत्यकाका कपन,गोकर्ण,नयाँबस्ती, मुलपानी, जोरपाटी,चावहिल क्षेत्रमा जेष्ठ २९ गते र चक्रपथ,हात्तीगौडा,बसुनधारा,नयाॅंवसपार्क,बनस्थली,ठमेल,वल्खु,वालकुमारी,लुभु,राधेराधे,पेप्सीकोला लगायत विभिन्न स्थानहरुमा राहत वितरण गरिएको हो।यो भन्दा अगाडी अति नै समस्यामा परेकाहरुलाई उद्धार गरी गाउँ लगिएपछि बाँकी काठमाडौंमा नै बस्न बाध्य भएकाहरुलाई खोजीखोजी टोलटोलमा पुगेर राहत वितरण गरिएको हो ।
आफूहरु आफ्नो नागरिकहरुको उद्धार कार्यको लागि एउटा स्वयमसेवकको रुपमा रहेर काम गर्न पाउदा साह्रै खुसी भएको युवा समाजसेवी तथा पर्यटन व्यावसायी लक्ष्मन मिसन कार्कीले बताउनुभयो। यो सङ्कटको अवस्थामा गाउँपालिकाले प्रशंसा गर्न योग्य काम गरेर जनताको मन जितेको र अप्ठेरोमा परेका पिडित नागरिकहरु अत्यन्तै खुशी भएको बताउदै गाउँपालिकाका अध्यक्ष बीर बहादुर राई, वडाअध्यक्ष तारा राई, सचिव भिम मगर लगायत स्वयमसेवक मित्रहरु सबै जना धन्यवादको पात्र रहेको युवा समाजसेवी कार्कीले वताउनुभयो।राहत वितरण भव्य रुपमा सफल भएको भन्दै पालिका अध्यक्ष राईले सम्पुर्ण अप्ठेरोमा परेका पिडित पालिकाको आफ्नो नागरिकहरु र स्वयमसेवकहरुलाई विशेष धन्यवाद दिनुभयो ।