सोताङ गाउॅंपालिकाले काठमाण्डौमा जेष्ठ २९ बाट राहत वितरण गर्दै ।
काठमाडौं - सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण काठमाडौं उपत्यकामा समस्यामा परेका आफ्ना नागरिकहरुलाई सोलुखुम्बुको सोताङ गाउँपालिकाले राहत वितरण गर्ने भएको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण थप फैलन नदिन सरकारले गएको ११ चैतदेखि घोषणा गरेको लकडाउन हाल जारी छ।
गाउँपालिका अध्यक्ष बिर बहादुर राईका अनुसार काठमाण्डौमा रहेका विद्यार्थी, मजदूर तथा विपदमापरि गाउँ फर्कन नसकेका आफ्ना नागरिकलाई गाउँपालिकाले राहत वितरण गर्ने भएको हो। काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा लकडाउनको कारणले विपतमा परेर बसिरहनु भएको छ भने राहतको लागि सोताङ गाउँपालिकाले यहि जेष्ठ-२९ गते कपन पैयाटार, आकाशेधारा फुटवल ग्राउण्ड, सरस्वतीनगर, गोकर्ण माइक्रोपार्क र मूलपानी क्रिकेट ग्राउण्ड र जेष्ठ ३० गते चक्रपथ, वनस्थली कलंकी, सातदेबाटो र भक्तपुर क्षेत्रमा राहत वितरण गर्ने भएको छ।
युवा पर्याटन ब्याबसयी लक्ष्मण मिसन कार्किले हाम्रो आवाज अन्लाईन लाई जान्कारी दिनु भए अनुसार
राहत लिन आउनु हुने नागरिकले सोताङ गाउपालिकाको आफ्नो परिचय खुल्ने कुनैपनि सरकारी कागजातहरु नगरिकता, ड्राइभिङ लाइसेन्स, मतदाता परिचय पत्र अथवा पासपोर्टको प्रतिलिपी अनिवार्य उपलब्ध गराउनु पर्नेछ । विद्यार्थीहरुको हकमा भने शैक्षिक प्रमाणपत्रको प्रतिलिपीलाई मान्यता दिइने छ ।
विपदमा परेका नागरिकहरुले आफुलाई पायक पर्ने क्षेत्रबाट राहत लिन वा दिएको नम्बर र व्यक्तिहरुसँग सिधै सम्पर्क गर्न सक्नुहुने छ।
थप जानकारीको लागि
अध्यक्ष वीर बहादुर राई -9743007227
वडाअध्यक्ष तारा राई -9753007305
लक्ष्मन मिसन कार्की -9851115281
भद्रगोल किराती -9841523078
राज नाछिरिंग -9851166793
पेम्वाठिले शेर्पा -9803964735
सार्की शेर्पा -9860514217
रामकाजी तिवारी -9862930710