✍जीवन खत्री, सउल मंसिर ४ - दक्षिण कोरियाले मानव रहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ । यहाँको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्ति अनुसार कुल तौल ६५० केजीको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सीट रहेको छ । ट्याक्सीले १ सय ३० किलोमिटरको गतिमा उडान गर्न सक्ने जनाईएको छ ।
परिक्षणमा प्रयोग भएका मानवरहित हवाई ट्याक्सीको नाम EH216s दिईएको छ । उक्त परिक्षणमा ६ ओटा हवाई ट्याक्सीहरू परिक्षण गरिएको थियो । ती हवाई ट्याक्सीहरूलाई चिनियाँ पाइलटलेस एयर ट्याक्सी फर्म इहांगले बनाएको हो ।
ड्रोन ट्याक्सी कार्यक्रमले शहरी हवाई गतिशीलताको विकास, भूमिगत यातायातको भीड कम गर्ने र भविष्यको बृद्धि इञ्जिन सुरक्षित गर्ने उदेश्यका साथ यसलाई सञ्चालनमा ल्याउन लागेको हो । यसले शहरी भागमा ट्राफिक व्यावस्थापनको लागि समेत सहयोगी
यी हवाई ट्याक्सीहरूको अप्रिलमा गरिएको परिक्षणमा ७० केजी चामलको बोरा सहित सफलतापूर्वक परीक्षण गरेको थियो ।