काठमाडौँ ।नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । गए राति अचानक हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको उनको उपचारको क्रममा निधन भएको हो।
पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ साल यता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । अहिले नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।