सिक्किमेली चेली सुदिता राईको “मिठा मिठा पलहरु” भिडियो सहित सार्बजानिक ।

✍हाम्रो आवाज न्यूज ।नेपालको चर्चित रियालिटि शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को नक आउटबाट बाहिरिएकी सिक्किमे चेली गायिका सुदिता राईको “मिठा मिठा पलहरु”बोलको गीत सार्बजानिक भएको छ ।

बिछोडको पिडालाई रमाइलो शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा गायिका सुदिता राई आफैले अभिनय गरेकी छिन । भिडियोलाई बिशाल राई निर्देशन गरेका हुन्, भने छायाँकन र सम्पादन पनि बिशालकै रहेको छ ।

गीतमा गायिका सुदिताकै शब्द तथा संगीत रहेकोछ भने एरेन्ज देबेश राईले गरेका छन् । यो गीत बिशाल चौतारी टिभीको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो लिंक यहाँ