
✍️गौतम सागर राई,कोलोराडो अमेरिका।कोशेली कोलोराडोको बिशेष आयोजनामा यही मार्च २ तारेख कोलोराडोको डेन्भरमा लोकप्रिय युवा गायक सुजन चारागाईको भब्य साँगीतिक कार्यक्रम हुने भएकोछ ।
2637 Welton St Denver Co 80205 मा साँझ ६ बजे मुख्य ढोका खोलिनेछ भने प्रवेशको लागी प्रति ब्याक्ती टिकट $७० डलर र भि.आई.पी को लागी $१०० डलर तोकिएकोछ।
अहिले युवाहरुले रुचाएका गायक हुन चापागाई उनका चर्चित गीतहरु फूल थुङ्गे रानी,चुलबुल-चुलबुले,मखमली,उनको सुईटर,गाला पु्क्क,एक्लै भएनी,घुमी-घुमी,लजाएर यस्तै दर्जनौ गीतहरु प्रत्यक्ष सुन्न पाईनेछ।
गायक सुजन चापागाईको कोलोराडोमा पहिलो पटक साँगीतिक कार्यक्रम हुन लागेको हो।अहिले टिकटको माग अत्याधिक भईरहेको र कार्यक्रम भव्य बनाउन लागि परिरहेको कोशेली कोलोराडोका प्रतिनिधी राजन गुरुङले हाम्रो आवाज न्यूज़ संग बताए ।