स्वास्थ्यमन्त्री भानुभक्त ढकाल ज्युलाई खुला पत्र


चैत्र १६, २०७६ । काठमाण्डौ

माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल ज्यु! बिगत ३ महिना अघिदेखी चीनको बुहान शहरदेखि फैलिएको महामारी कोभिड १९, अर्थात् कोरोना भाईरसबाट यति खेर सबै आतंकित भएका छ्न, पीडामा छट्पटीरहेको छ्न र विश्व रोइरहेको छ। हामी सबैलाई थाहा छ, त्यो आतंकित पिडाबाट नेपाल पनि अछुत रहन सकेको छैन ।

खुशीको कुरा यो छ कि स्वास्थ्य तथा जंनसंख्या मन्त्रालयका प्रबक्ता डा. बिकाश देबकोटोले चैत १४ गते सम्मको रिपोर्ट अनुसार ४ जना संक्रमित मध्ये एक उपचारबाट निको भई घर फर्की सकेको अन्य उपचारार्थ भएको जानकारी भएको छ । कामना गरौं कोरोनाबाट कोहि नेपालीहरुको मृत्यु हुन नपरोस् ।

मन्त्री ज्यु!

नेपाल सरकारले कोरोनालाई नियन्त्रण गर्न, फैलाउन नदिन, रोकथाम गर्नको लागि घरमा बस्न, घरबाहिर ननिस्कनको लागि लकडाउन गर्‍यो । सरकारले गरेको लकडाउन जनताले पालना गर्नु जनताले आफ्नो जिम्मेवारी ठाने । लकडाउनको उलंघन गरेको खण्डमा मेयर र नेपाल प्रहरीले लठ्ठी चार्जमा पनि जनताले समर्थन नै गरे ।

तर आज लकडाउन गरेको पाचौं दिन सम्ममा आईपुग्दा सरकारले गरिब मजदुरहरु जनताको लागि के राहत कार्यक्रम ल्याए? संक्रमित बिरामीहरुको उपचारार्थ डाक्टरहरुको लागि कस्तो बिमा योजना ल्याए ? सरकारी अस्पतालको अभाबमा अन्य कुन कुन प्राईभेट अस्पताललाई सरकार बनाउन योजना बनाए ? प्रमाणित भएको संक्रमित बिरामीलाई अस्पताल सम्म ल्याउनको लागी छुट्टै किसिमको एम्बुलेन्स सेवा कति भए ?

नेपाली जनतामा बिना तयार गरेको लकडाउनको असर कस्तो परेको छ ? ७ दिनको लागि भनिएको लकडाउन ७ दिन सम्मको लागि मात्र हो कि ? फेरी थप गर्ने ? सरकारको राय के हो ? आज ३ करोडौं नेपाली जनताले जान्न चाहन्छ मन्त्री ज्यु ।

मन्त्री ज्यु!

संचारमाध्यममा कोरोनाको जाँच मापनको लागि ज्वरो नाप्ने थर्मोस्क्यान उपकरणबाट ज्वरोको मापन गर्दा ८८.९ फोरेनहाइट देखिएको भिडियो भाईरल भएको छ, तर चिकित्सकको भनाईअनुसार न्युनतम मानिसको ज्वरोको मापन गर्दा ९८.७ फोरेनहाइट हुनु पर्ने बताउछ ।

यस्तै बिराटनगर र जनकपुरको अस्पतालको चिकित्सकहरु आर्मीहरुलाई बिना हातहतियार लडाईमा पठाईयो भने आर्मीको हालत कस्तो हुन्छ ? भन्दै पीपीई अर्थात पर्सनल प्रोटेक्टिटभ इक्वीपमेन्ट, ग्लोब र माक्सको अभाव कुनै पनि बिरामीहरुको उपचार गर्न जानु भनेको बिना हातहतियार लडाईमा जानु जस्तै हो भन्दै आन्दोलित छ्न र यथाशीघ्र पीपीईको ब्यबस्थाको लागि संर्घषरत छ्न, पीपीई भनेको गाउन वा पोशाक मात्र नभएर एउटा उपकरण पनि हो ।

जुन स्वास्थ्यकर्मीहरुको लागि संबेदनसिल चिज भएकोले आविष्कार केन्द्रले बनाउदै गरेको पीपीई कम गुणस्तरीय हुने भएकोले डाक्टरहरुले प्रयोग लागि खतरापूर्ण हुने डा. रबिन्द्र समिर बताउछ । तर स्वास्थ्य मन्त्री मौन ? सरकार मौन ? आखिर किन मौन ?

मन्त्री ज्यु!

कोरोना भाईरस नियन्त्रणको लागि सरकारको उच्च स्तरीय समिति गठन भएको करिब १ महिना हुनलाग्दा मात्र १ अर्ब १५ करोडको आवश्यक उपकरण खरिद गर्ने काम हुदैछ। त्यही पनि नीतिगत भष्टाचार सहित गजब लाग्छ। अझै मलाई त गजब त्यहाँ, त्यसबेला लागेको थियो, जत्ती बेला मन्त्री ज्युले पत्रकार सम्मेलनमा "पीपीई भनेको के हो ? म त नाम पनि जान्दा नि जान्दिन्न थिए ।

यो नलगाए भात पकाउन पनि खतरा हुन्छ भन्ने मनोबिज्ञान भएको छ ।" भन्ने अभिव्यक्ति आफैमा लज्जास्पद थियो, छ र हुनेछ पनि । स्वास्थ्य जस्तो संबेदनसिल बिषय र महामारीको रुपमा फैलिएको भाइरस प्रति स्वास्थ्य मन्त्रीको काम र पत्रकार माथी दिएको अभिब्यक्तबाट अनुमान गर्न सक्छौं ।

जिम्मेवारी पद ओगटेर  गैरजिम्मेबारी अभिब्यक्त चिकित्सक र जनताको पक्षमा काम नगर्ने हो भने मन्त्री ज्यु बसेको पदको कुनै औचित्य रहदैन । राजिनामा बाहेक अन्य विकल्प छैन ।

मन्त्री ज्यु!

देशमा यतिखेर जनताहरुले यस संवेदनशील घडीमा आवश्यक उपकरणहरु (किट, पीपीई, थर्मो, ग्लोब, मास्क आदि) उपलब्ध गराउन सक्ने, केहि महिनाको लागी प्राईभेट अस्पताललाई सरकारीमा रूपान्तर गर्न सक्ने, निमुखा जस्ताहरुको लागि राहत कार्यक्रम ल्याउने, चिकित्सकहरुको सुरक्षाको लागि बिमाको ग्यारेन्टी दिने, राष्ट्रिय नीति बनाई हरेक प्रदेश तथा निकायहरुलाई कामको जिम्मेवारी दिन सक्ने र आफुले पनि गर्न सक्ने स्वास्थ्य मन्त्री खोजिरहेका छन ।

(अशोक राईको फेसबुक पेजबाट लिएका हौ, पत्र जस्ताको त्यस्तै राखेका छौ)