
काठमाडौं । नायिका श्वेता खड्का विवाह बन्धनमा बाधिँने भएकी छिन् । दसैँ तिहारको बीचमा उनको विवाह हुनेबारे धेरै नै चर्चा चलेको थियो । त्यस समय उनले धनगढीका युवकसँग विवाह गर्न लागेको चर्चा चलेको थियो । अब भने उनले यहि मंसिर २२ गते विवाह गर्ने भएकी छिन् ।
उनी विजयेन्द्रसिंह रावतसँग विवाह विवाह बन्धनमा बाधिने भएकी हुन् । विवाह कार्डमा लेखिए अनुसार उनको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा मंसिर २२ गते हुने भएको छ । विवाहको कार्यक्रम फरेस्ट रिसोर्टमा विहानैदेखि सुरु हुनेछ ।