थापा  प्रहरीको २८ औं महानिरीक्षक

सरकारले नेपाल प्रहरीको २८ औं महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एआईजी क्षेत्रीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

वर्तमान महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवाहदका कारण भोलि बुधबार मध्यरात देखि नियमित अवकाशमा जाँदै छन । २०४९ बैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका क्षेत्रीले २०७९ बैशाख १८ गतेसम्म नेपाल प्रहरीको नेतृत्व सम्हाल्दै छन ।