जीवन खत्री, सउल - जेठ १२
स्याङ्जा किचनासका ३३ वर्षे खड्ग बहादुर थापामगरको शव नेपाल लैजान नसक्दा आईतबार कोरियामै अन्त्यष्टी गरीएको छ । लकडाउनका has कारण हवाई क्षेत्र पनि अवरुद्ध हुँदा थापाको शवलाई नेपाल पठाउन नसक्दा २४ तारिक आइतबार कोरियाको इन्छन फेमिली पार्कको ह्वाजाङ शव दाह गृहमा विधुतिय माध्यमद्वारा अन्त्येष्टि गरिएको हो । उनी गत १२ तारिखमा सुतेकै अवस्थामा मृत भेटिएका थिए ।
ईपीएस प्रणाली मार्फत रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएर याहाँको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत थापा दोश्रो कार्यकालका लागि कोरिया आएका थिए । उनका परिवारमा आमा, दुई दाइहरू छन् ।
मृतक थापाको कम्पनीमा उनी सहित ५ जना नेपाली र ३ जना चाइनीज विदेशी कामदारको रुपमा कार्यरत थिए । अहिलेको कोरोनाका कारण विषम परिस्थितिमा उनको शव नेपाल ल्याउन असम्भव देखिएपछि परिवारको सहमतिमा कोरियामानै अन्तिम दाहसंस्कार गरिएको नेपाल मगर संघ कोरियाका अध्यक्ष् सिपी मगरले बताए ।
नेपाली परम्परा अनुसार मृतक थापाको अस्तु सेलाउन बाँकी रहेको र परिस्थितिको अनुकूलता हेरेर नेपालमा परिवारलाई पठाउने वा छिट्टै सेलाउने कार्यको लागि पहल गरिने बताईएको छ ।
मृतकको परिवारलाई सहयोग स्वरुप एक हप्ते आर्थिक सहयोग अभियान चलाइएको छ । हालसम्म १३ लाख २२ हजार कोरियन वोन संकलित भएको र जम्मा हुन आउने सम्पूर्ण रकम मृतक परिवारलाई उपलब्ध गराइने जनाईएको छ । साथै ईपीएसको नियमानुसार नेपाली राजदूतावाससँग समन्वय गर्दै मृतक थापाको विमा वापतको रकमको लागि पनि पहल गरिएको बताईएको छ ।
थापाको अन्तिम संस्कार अघि विभिन्न नेपाली संससंस्थाका प्रतिनिधीहरूको उपस्थितिमा शोकसभा र श्रद्धाञ्जली कार्यक्रम समेत गरिएको