अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ९० हजार पुगे ।

अमेरिकामा कोरोना भाइरसका कारण मृत्युमा नयाँ रेकर्ड कायम भएको छ। बुधबार २४ घण्टाको अवधिमा ३ हजार बढी मानिसको मृत्यु भएपछि नयाँ रेकर्ड कायम भएको हो। रोयटर्सका अनुसार बुधबार ३ हजार २ सय ५३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै १ लाख ६ हजार २ सय १९ नयाँ संख्यामा संक्रमितहरू अस्पताल भर्ना भएका छन । अस्पताल भर्ना हुने संक्रमित संख्याले अस्पतालहरूमा चाप बढेको छ। हालसम्म अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ९० हजार पुगेको छ।

श्रोत एजेन्सी