
सोलुखुम्बु – सेवाका लागि यूवा नेपालले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकालाई १० लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
कोरोना नियन्त्रण तथा संक्रमितको उपचार सहजताका लागि ६ थान अक्सिजन कन्सन्ट्रेटर, ६ बक्स मास्क, १ बक्स ग्लोक्स, ५ सेनिटाईजर प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।
उनले सहयोगी संस्थालाई विपद व्यवस्थापनमा सहकार्य गरेकोमा धन्यवाद दिए ।