थुलुङ राई सामा हङकङद्वारा भाषिक भेटघाट तथा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न
युवा राई/हङकङ - हङकङमा संगठीत “थुलुङ राई सामा” द्वारा भाषिक भेटधाट तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ। आयोजित कार्यक्रमको अध्यक्षता थुलुङ राई सामाको अध्यक्ष राम ली राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अतिथि सत्कारमा रश्मिला राई रहनु भएको थियो।
आयोजित कार्यक्रममा आमन्त्रित अतिथि किरात राई यायोक्खा हङकङका निवर्तमान अध्यक्ष- हरिचन्द्र राई, निवर्तमान प्रमुख सल्लाहकार रजिन राई, संरक्षक परिषद प्रमुख तथा कुलपति- शशीमदन राई, संरक्षक सदस्य- हेजेन राई, सल्लाहकार तथा सुप्तुलुङखीम निर्माण, मर्मत तथा संभार विभागका संयोजक- धिराज कुमार राई, सल्लाहकार- बसन्त कुमारी राई र भाषिक संस्थाका अध्यक्ष साथै प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो।
थुलुङ राई सामाद्वारा आयोजित बधाई तथा शुभकामना आदन प्रदान कार्यक्रममा किरात राई यायोक्खा हङकङको नवनिर्वाचित अध्यक्ष चन्द्रका (माया) राई, किराया हङकङका निवर्तमान महासचिव बज्रकुमार राई, दिनेश कुमार राई र भीम प्रसाद राईलाई विशेष सम्मान स्वरुप सम्मान-पत्र साथै दोसल्ला ओढाई थुलुङ सामाको विशिष्ट व्यक्तित्वद्वारा सम्मान गरिएको थियो।
आयोजित कार्यक्रममा सुमन थुलुङ राईले स्वागत मन्तव्य राख्दै आफ्नो धारणा राखेका थिए। एक पुस्तक समेत विमोचन गरिएको थियो। थुलुङ सामा हङकङलाई सहयोग गर्नु हुने सहयोगी मानुभावहरुलाई अध्यक्ष राम ली राईले शीर उभ्याउनी स्वरुप सम्मान गरिएको थियो। हङकङ स्थित हाम्रो आवाज डटकमका संबादाता युवा राईलाई समेत सम्मान गरिएको थियो।
कोरोना भाइरसका कारण अल्पआयुमा दुखद निधन भएका चर्चित युवा गायक स्व. जनम राईको व्यक्तिगत विशेष जानकारी सहित उनको सम्झनामा १ मिनेट मौन धारण गरी विशेष सम्मान व्यक्त गरिएको थियो।थुलुङ राई सामा हङकङले स्व. गायक जनम थुलुङको आवाजमा रहेको “खुवालुङ खुल खुल…” शब्द रचना
खुक्साङ खम्बुको लेखनमा रहेको “खुवालुङ” गीतको म्यूजिक भिडियो निर्माण बारे अध्यक्ष राईद्वारा जानकारी गराउँदै आयोजित औपचारिक कार्यक्रम समापन गरिएको थियो। थुलुङ राई सामाद्वारा आयोजित कार्यक्रम बगैचा नेपाली रेष्टुरेन्ट हङकङमा सम्पन्न भएको कार्यक्रम संचालन किरात राई यायोक्खा हङकङका निवर्तमान महासचिव बज्रकुमार राई बडो सटिक रुपमा संचालन गरेका थिए।
भिडियो लिंगकhttps://youtu.be/yCDLxSHvn4