"तिम्रै माया लाग्छ “गोकर्ण राई (अतीत) को गीतमा दुर्लभ जन्तरेको भिडियो शुटिङ सम्पन ।
✍️लक्ष्मन मिसन कार्की , काठमाण्डौ - युवा गायक, रचनाकार तथा संगीतकार गोकर्ण राई अतितको तिम्रै माया लाग्छ बोलको गीतको म्युजिक भिडियो शुटिङ सम्पन्न भएकोछ। नेपाली सांगीतिक क्षेत्रमा अब्बल संभावना बोकेको गायक तथा संगीतकार गोकर्ण राइको अति मार्मिक गीत प्रेम बियोगमा रहेकोछ। गीतलाइ बरिस्ठ एरेन्जर कृष्ण भक्त राईले एरेन्ज गर्नु भएको हो। पदम रजान मगरले रेकर्ड अनि मुस्कान मुकारुङ्ले मिक्सिङ गर्नु भएको हो भने सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेको हो।
पछिल्लो समय चर्चामा रहेको युवा निर्देशक, स्कृप्ट राइटर तथा रचनाकार दुर्लभ जन्तरेले गीतको भिडियोको कथा लेखन तथा निर्देशन गर्नुभएको हो। साचो माया गर्नेहरुले के सम्म गर्न सक्छ आफ्नो मायाको लागि भन्ने मुख्य बिषयलाई निर्देशक दुर्लभ जन्तरेले मनोरञ्जनात्मक तथा मार्मिक तरिकाले देखाउने खोजिएको कुरा बताउनु भयो।
गोकर्ण KVR Resort, जगडोल, कपनका इभरग्रीन हस्पिटल, शिव मन्दिर लगायतको स्थानमा शुटिङ गरिएको गीतमा चर्चित मोडल अनुशा राई, गोकर्ण राई (अतित) एन्जल किरात को मुख्या भुमिका रहेको छ भने दुर्लभ जन्तरे, नेहा सुब्बा, टेक नाछिरिङ, जीवन राइ (जितेन्द्र) लक्ष्मण मिसन कार्की, तारा राई लगायतको भुमिका रहेको छ। छायांकार मनोज राइ र दुर्गा वान्तवा राईले छायांकन गर्नु भएको उत्त गीत चाडै नै युट्युब च्यानल मार्फत दर्शक स्रोताहरुको माझ ल्याइने रचनाकार तथा निर्देश दुर्लभ जन्तरेले बताउनु भयो।