प्रमिश नाछिरिङ्गको तिम्रो मेरो सार्बजानिक
काठमाण्डौ - युवा गीतकार तथा मोडल प्रमिश नाछिरिङ्गको नया गीत “तिम्रो मेरो “ म्युजिक भिडियो सहित सार्वजनिक भएकोछ । शब्द प्रमिश नाछिरिङ्ग स्वर बुद्ध लामा र संगीत बिश्व अधिकारीको रहेकोछ ।
सोलुखुम्बु सोताङ स्थाइ घर भएका गीतकार नाछिरिङ्ग बिगत केहि बर्ष देखी रोजगारिको सिलसिलामा दक्षिण कोरियामा छन । उनले गीत लेखन संगै केहि म्युजिक भिडियोमा पनि अभिनय गरेका छन ।यस गीतको म्युजिक भिडियोमा अन्जु भन्डारी ,सुरज पौडेल ,राजन कुवर ,शृटी गौतम ,सैलेश हमाल ,रिया शर्माले अभिनय गरेका छन भने म्युजिक भिडियोको निर्देशन प्रतिम कार्किले गरेका छन । यो गीतको म्युजिक भिडियो पेवा डिजिटल युटुब च्यानलबाट सार्बजानिक गरिएकोछ ।
भिडियो लिंक