शिर्षक: "तिम्रै माया लाग्छ" गोकर्ण राई (अतित) को गीतमा दुर्लभ जन्तरेको भिडियो। भिडियो सार्बजनिक।

✍️ लक्ष्मण मिसन कार्की, काठमाण्डौ - युवा गायक गीतकार तथा संगीतकार गोकर्ण राई (अतित) को तिम्रै माया लाग्छ बोलको गीतको म्युजिक भिडियो  भिडियो सार्बजनिक भएकोछ। नेपाली साङितिक क्षेत्रमा अब्बल संभावना बोकेको गायक, रचनाकार तथा संगीतकार गोकर्ण राइ (अतित) को मार्मिक गीत प्रेम बियोगमा आधारित रहेकोछ। गोकर्ण राई आफ्नै शब्द रचना, संगीत तथा स्वर रहेको गीतलाइ बरिस्ठ एरेन्जर कृष्ण भक्त राइले एरेन्ज गर्नु भएको हो। पदम रजान मगरले रेकर्ड अनि मुस्कान मुकारुङ्ले मिक्सिङ गर्नु भएको हो भने सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

पछिल्लो समय चर्चामा रहेको युवा निर्देशक, स्कृप्ट राइटर तथा रचनाकार दुर्लभ जन्तरेले गीतको भिडियोको कथा लेखन तथा निर्देशन गर्नुभएको हो। साचो माया गर्नेहरुले के सम्म गर्न सक्छन् आफ्नो मायाको लागि भन्ने मुख्या बिषयलाइ निर्देशक दुर्लभ जन्तरेले मनोरञ्जनात्मक तथा मार्मिक तरिकाले देखाउन खोजिएको कुरा बताउनु भयो। गीत नेपाली लभ स्टोरीमा आधारित कथा बस्तु समेटिएको गीतको गीती भिडियो हेरिसकेपछी धेरैको आँखा रसाएको छ भने  अडियो तथा भिडियो सबै पक्ष अब्बल रहेको नेपाली साङ्गितिक क्षेत्रमा दुर्लभ जन्तरेको कथा तथा निर्देशनले फरक स्वाद दिएको युवा समाजसेवी तथा सञ्चारकर्मी लक्ष्मण मिसन कार्कीले वताउनुभयो।

गीतमा चर्चित मोडल अनुशा राई, गोकर्ण राई (अतित) एन्जल किरात को मुख्य भुमिका रहेको छ भने दुर्लभ जन्तरे, नेहा सुब्बा, टेक नाछिरिङ, जीवन राइ (जितेन्द्र), लक्ष्मण मिसन कार्की, तारा राई लगायतको भुमिका रहेको छ। छायांकार मनोज राइ र दुर्गा वान्तवा राईले छायांकन गर्नु भएको उक्त गीतलाइ टेक नाछिरिङको अफिसियल युट्युब च्यानलवाट रिलिज गरिएकोछ।

भिडियो लिकं