ट्रान्जिटमा छुटेको पारु

कथा-✍️ बेलुकाको ३:१२ बजेकोछ आउने जाने हरुको बाग्लो भिड त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भित्र, सबै हतारोमा छन । म पनि त्यही भिड भित्र थुप्रै सपना हरु बोकेर गेट नम्बर ११२ बाट हराउदैछु । मलाई उडाई लाने जहाजको प्रतिक्षामा छु ।सके सम्म भ्याए सम्म सबै लाई फोन बाट नै बिदा माग्दैछु । मेरो दायाँ बाँया फरक-फरक माहोल भित्र फरक मुहार हरु देख्छु कतै म त्यही भित्र हराउन खोज्छु । अब केहि समय पछी काठमाण्डौ बाट कतार उड्दैछु कतारमा ६ घण्टा मेरो ट्रान्जिट छ त्यस पछीको यात्रा न्युयोर्क दोस्रो ट्रान्जिट,काठमाण्डौ बाट कतार सम्म त धेरै नेपाली दाजु भाइ हरु संगै यात्रा हुन्छ,त्यही भएर खासै खल्लो महशुस नहोला । बेलुकाको ठिक ५:४५ बज्यो अब हाम्रो उडानको समय पनि भयो हामी लाईनमा प्रस्थान हुने ढोका तिर अगाडी बढ्छौ ।हामी लाई लिन आएको बसमा चढेर जहाजको ढोका सम्म पुग्छौ ,पुरै जहाज भित्र साँच्चै नेपाली हरु को संख्या धेरै छ ,झ्यालको छेउमा मेरो सिट नम्बर २२३ मेरो छेउमा भक्त्तपुर घर बताउनु हुन्छ श्याम दाइ !जहाजले जमिन छोड्यो दश औंला जोडेर प्रार्थना गरे आफ्नो माटोमा छिटै फर्केर आउन पाउँ, ढल्दै गरेको साँझ काठमाण्डौलाई फन्को मार्दै गर्दा तल देखिएको बत्तिको झिलिमिली बिस्तारै कुइरो भित्र हरायौ हामी । श्याम दाई कतार बसेको लामो कथा यात्रा भरी सुनाउनु भयो , त्यो भन्दा बढी आक्रोश नेपालको ब्याबस्थापन र सरकार प्रती देखिन्थ्यो ,म चाँही मौन बसेर सुनिरहन्थे ।यात्रामा म फेरी निदाएछु कतारको आकाशमा पुगे पछी श्याम दाईले फेरी उठाउनु भयो ,म ब्युझिए पानी मगाएर र पिए फ्रेस भए अनि कतारको जमिनमा हामी ल्याण्ड गर्‍यो , श्याम दाई फुर्तिलो जोसका साथ भन्नु भयो भाइ राम्रो संग जानु है , फेरी फेशबुकमा बोल्नु नि  ....।

कतारमा छ घण्टा ट्रान्जिटछ यती बेला यहाँको स्थानिय समय अनुसार रातको ११:१५ बजेकोछ ।वैटिङ रुममा गए फोन हेरे फेशबुकको म्यासेन्जरमा थुप्रै म्यासेज हरु आएको रहिछ । सके सम्म सबै लाई रिप्लाई दिने कोशीस गरे ,निन्द्राले आखाँ साह्रै पोल्यो त्यही सोफामा अडेस लागेर अलि कती निधाउने कोशीस गरे तर मान्छे हरुको आउने जाने भिड्ले अलि कती पनि सहज महशस भएन , फेरी उठे यता उता हेरे कतै तातो कफी पिउन मन लाग्यो हेर्दै जाँदा मेरो आखाँ स्टार बक्स कफी को बोर्डमा पुग्यो ।त्यही निसाना बनाएर गए संयोग लामो समय देखी त्यही काम गर्दै आएका गुल्मी तिरको नेपाली भाई रहिछ।कफी र दुईटा ट्रोस्ट मगाए खादै नेपाली भाई संग गफिन थाले ।उनी आफ्नो ग्राहक आएको बेला ब्यास्त हुन्थे,अरु बेला गफिन फेरी मेरो छेउमा आई पुग्थे ।अमेरिकाको बिषयमा धेरै कुरा मलाई सोध्न पनि भ्याउथे ,उनी जोसिलो र सन्तुष्ट साथ भन्थ्यो दाई ! मेरो कमाइ राम्रो छ खाँडी भनेर हुन्छ ? आखिर जहाँ भए पनि पैसाको लागी दुख गर्ने हो हैन ? उनको आखाँको चमकले बताउथ्यो उनि धेरै सन्तुष्टी छन भन्ने म दंग भए उसको कुरामा ,अनी लाग्यो यदी मन भित्र सन्तुष्ट छैन भने चन्द्रमा मै पुगे पनि के काम ? बिहानको ५ बजे छ म मेरो गेट टर्मिनल तिर जान उनि संग बिदा मागे,भाई म लागे ल फेरी भेटौला सधै यसरी नै खुशी रहनु होस है ....।

हामी छिर्ने गेटमा सबै क्रमश.. लाईन लागिसकेको थियो , म पनि पुगे हामी सबैको चेकिङ भयो,बोर्डिङ पास लिएर  बिमान तिर जाने प्रतिक्षामा थियौ । त्यो हुल भित्र नेपाली हरु कोही देखिदैन्न थियो ।अलि बिरानो लाग्यो,हामी लाई विमान भित्र छिर्न आदेश दिइयो ढोका खुले पछी भित्र छिर्यौ ,म पनि मेरो सिट नम्बर हेर्दै गए मेरो सिटको दाँया साइटमा बसेको एउटा केटीले मलाई सोध्यो -
दिस इज योउर सिट ?
मैले मेरो टिकेट हेरे मेकस्योर गरे , एस प्लिज ! म मेरो सिटमा बसे फेरी म तिर हेरेर भन्यो -
होयर योर फ्रोम ?
मैले भने - माई फ्रोम नेपाल ।

ओ....माई गट हजुर नेपाली ?  लामो स्वाँस तानेर भन्यो । हो नि तपाईं ? मलाई पनि खुशी लाग्यो ,नेपाली भेट्दा ,उनि खुशी देखिन्थिन मेरो नाम पारु हो न्युयोर्क बस्छु ,मेरो नेपाल घर पुर्ब पाँचथर हो । परिवार भेट्न गएकी थिए दुई महिना बसेर फर्किदैछु ।मैले पनि मेरो परिचय दिए कोलोराडो बस्छु अरु .....। जिन्दगी यात्रा यात्रा मै भेटिन्छ हजार यात्रीहरु ।कतार बाट न्युयोर्क सम्म लामो यात्रा, त्यो यात्रा भरी धेरै दु:ख सुखका कुराकानी भयो ।उनी पनि डि.बि.परेर पाँच बर्ष अगाडी अमेरिका आएकी रहिछिन उनले पनि अमेरिकाको सम्बृदिको बारे खोलेर कुरा गरिन ,हामीले कहिले पानी कफी मागेर पिउथ्यौ ,लन्च दुई प्रकारको माग्थ्यौ अनि शेर गरेर टेष्ट गर्थ्यौ ।उनी ठट्टौली पनि गर्थिन यदी म निदाएको बेला झुकिएर हजुरको काँधमा अडेस लागे भने माईन गर्ने होइन नि ? म पनि माईन गर्दिन , म हाँसेर उडाइ दिन्थे , यती लामो यात्रा हामी कुइरो भित्र हराउथ्यौ ,कुइरोको पहाड हिमाल नाघ्दै उडिरन्थ्यौ ,त्यत्रो लामो यात्रा पनि छोटो लाग्यो । हामी न्युयोर्कको आकाशमा आई पुगिसकेका रहिछौ । मेरो चार घण्टाको ट्रान्जिटछ  न्युयोर्कमा त्यस पछी अन्तिम यात्रा डेन्भर, हामी ले सल्लाह गर्यौ उनले आफ्नो ब्याक हरु क्लेइम गर्ने र मेरो अन्तिम इमिग्रेसन त्यही थियो सके पछी कफी संगै पिउने  अनि सम्पर्क नंम्बर साट्ने । हामी आ-आफ्नै काम मा लाग्यौ ।मैले मेरो काम सके पछी पारु लाई त्यो भिडमा खोजे भेटिन सायद उनले पनि खोजिन होला आउने जाने मान्छे हरुको भिड भित्र यसरी हामी हरायौ .....।

✍️गौतम सागर राई
सोलुखुम्बु हाल-कोलोराडो अमेरिका ।