अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा ।
अमेरिका,श्रोत - एबिसी न्यूज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा १५ जनालाई क्षमादान दिएका छन् । उनले जनवरी २० अगाडी सम्म अझ कैयौलाई दोषमुक्ति गर्ने छन् ।
अमेरिकी राष्ट्रपतिलाइ त्यो संबिधानले दिएको अधिकार भएकोले कुनै पनि राष्ट्रपतिले छोड्ने बेलामा यसो गर्ने गर्छन । बिगतमा पूर्व राष्ट्रपति बाराक ओबामा ,जर्ज डब्लु बुश,बिल क्लिन्टन लगायतले पनि जाने बेलामा क्षमादान दिएका थिए ।
ट्रम्पले मंगलबार आफ्नो प्रशासनसँगको सम्बन्धका बारेमा विवादास्पद व्यक्तित्वहरूलाई माफी दिएका छन् ।मंगलबार माफी भएका व्यक्तिको सूचीमा जर्ज पापडोपोलस पनि हुन् जो ट्रम्प अभियानका पूर्व सहायक सहयोगी थिए जो विशेष सल्लाहकार रोबर्ट म्युलरले अभियोग लगाएका थिए। र अन्य उनका नजिकका व्यक्तिहरुलाई क्षमा दिएका छन् ।
यसै गरि डंकन हन्टर र क्रिस कोलिन्स, दुबै पूर्व रिपब्लिकन कग्रेसीहरू आर्थिक अपराधमा दोषी ठहरिएका; र चार पूर्व ब्ल्याकवाटर बिश्व ब्यापी सैन्य ठेकेदारहरू जसले सन् २००७ मा भएको गोलीकाण्ड १४ जना इराकीहरुको मृत्यु भएको थियो । यो संगै राष्ट्रपतिले १५ जनालाई माफी र पाँच व्यक्तिले पाएको सजायलाई कम गरेका छन ।