ट्रम्पले भने कोरोना राहत सहयोग ६ सय डलर हैन २ हजार डलर दिनु पर्छ ।

अमेरिका,श्रोत-सिएनएन  । करिब ७ औ महिना जति लगाएर अन्तत्वगत्वा गत मंगलबार ९ सय अर्ब डलर कंग्रेसले पारित गरेको कोरोना राहत सहयोग बिधेयक २४ घण्टामै अचानक अमेरिकी जनतालाई ६ सय डलर हैन २ हजार डलर दिनु पर्छ राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन ।

गत मंगलबार अमेरिकी जनताको सोझै खातामा जाने बिधेयक पारित गरेको १ दिन पछि यसरी बोल्दा अमेरिकीहरु आश्चर्यमा परेका छन् । उनले केही दिनमा पारित गर्लान भनेको अवस्थामा उनिबाट यस्तो अप्रत्यासित संदेश आएको छ ।

उनले सामाजिक संजाल मार्फत एक श्रब्य दृश्य सार्वजनिक गर्दै उक्त कुरा भनेका हुन् । त्यो भन्दा अगाडी उनले आजै १५ जनालाई क्षमादान गरेको घोषणा गरेका थिए । एकललाई २ हजार डलर र जोडीलाई ४ हजार दिनु पर्छ भनि उक्त श्रब्य दृश्यमा भनेका छन् ।

उनले उक्त नगरेमा बिधेयकमा हस्ताक्षर नगर्ने छाटकाट बुझिएको छ । उनले कांग्रेसले पारित गरेको कोरोनाभाइरस राहत विधेयकलाई परिवर्तन गर्न आग्रह गरेका छन । जव कि उनकै आफ्नै प्रशासनले वार्तामा सहयोग पुर्‍याएको थियो ।

“म कंग्रेसलाई यो कानूनमा भएको फोहोर र अनावश्यक चीजहरूलाई तुरुन्तै हटाउन वा मलाई उपयुक्त बिल पठाउन पनि भन्दै छु।”भनि ट्वीटर मार्फत बोलेका छन् ।