
काठमाण्डौ ,लक्ष्मण मिसन कार्की - भवी धराशायीको शब्द, टेक नाछिरिङ्को संगीत कृष्ण भक्त राइको एरेन्ज रहेको गीतमा टेक नाछिरिङ र सुनिता थेगिमको स्वर रहेको र उक्त गीत पदम रजान मगरले मिक्सिङ गरेको छ भने सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो।
दुर्लभ जन्तरेको कथा तथा निर्देशन रहेको गीतमा गायक, संगीतकार तथा मोडल निकेश राई चर्चित मोडेल तथा नायिका अनुशा राई अनि रचनाकार तथा निर्देशक दुर्लभ जन्तरे तिरुसा राई सुचना राई लगायतको अभिनय रहेकोछ। दुर्गा वान्तवा राई र मनोज राइको छायांकन रहेको भिडियोमा मनोज राइको सम्पादन रहेकोछ। गीत नेपाली परिवेशमा आधारित कथा बस्तु समेटिएको गीतको म्युजिक भिडियो गायक, संगीतकार तथा बरिस्ठ एरेन्जर बिष्णु अधिकारिको प्रमुख आतिथ्यमा अतिथिहरु समाजसेवी भिमराज राई, सन्चारकर्मी तथा साहित्यकार भद्रगोल किराती , गायक तथा संगीतकार अनिल कोयि राई, गायिका तथा राष्ट्रिय लोक दोहोरी संघका उपाध्यक्ष माया गुरुङ, छायांकार गगन राई, युवा समाजसेवी लक्ष्मण मिसन कार्की लगायत गीतका सम्पुर्ण टिमको उपस्थितिमा सेवा म:म एन्ड सेकुवामा प्रेमिएर गरिको थियो ।
गीती भिडियो हेरिसकेपछी उक्त कार्यक्रममा उपस्थित धेरैको आँखा रसाएको थियो भने अडियो तथा भिडियो सबै पक्ष अब्बल रहेको नेपाली साङ्गितिक क्षेत्रमा दुर्लभ जन्तरेको कथा तथा निर्देशनले फरक स्वाद दिने उपस्थिति अतिथिहरुले मन्त्ब्यको क्रममा बताएकाछन।
गीतलाइ टेक नाछिरिङको अफिसियल युट्युब च्यानलवाट रिलिज गरिएकोछ।