
पोखरा । विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा भएको नवौं बृहत खेलकुदको च्याम्पियन बनेको छ ।
२८ असोजमा औपचारिक उद्घाटन भएर एक सातासम्म गण्डकीको विभिन्न जिलल्मा सञ्चालन भएको राष्ट्रिय खेलकुदमा आर्मीले सर्वाधिक १७२ स्वर्ण सहित कूल ३७१ पदक जित्यो । आर्मीले १०९ रजत र ८९ कांस्य जित्यो ।
पहिलो पटक राष्ट्रिय खेलकुदको विजेताले पाउने ट्रफी सुन र चाँदी समावेश गरेर बनाइएको थियो । १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त ट्रफी उचाल्ने आर्मी पहिलो भाग्यमानी टिम बन्यो ।
यो ट्रफीलाई सात प्रदेश, तीन वटै विभागीय टिमको मुख्यालयसहित विश्व सम्पदामा सूचीकृत भएका स्वयम्भू, बसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र पाटन दरबार स्क्वायर, लुम्बिनी सँगै जनकपुरधाम र चन्द्रागिरिमामा पुर्याइएको थियो ।
यस्तै दोस्रो भएको अर्को विभागीय टोली एपीएफले ६४ स्वर्ण ७३ रजत र ८१ कास्यसहित १९५ पदक जित्यो । प्रतियोगिताको अन्तिम स्पर्धाको रुपमा रहेको पुरुष फुटबलको स्वर्ण पदक समेत एपीएफले जित्यो ।
नेपाल पुलिस क्लबले ६१ स्वर्ण ६१ रजत र ७३ कांस्यसहित कूल १२० पदक जितेर तेस्रो भयो ।