उदयपुरमा आमालाई कुटपिट पछि बिबाद हुँदा दाई द्वारा भाईको हत्या

हाम्रो आवाज न्युजडटकम​- उदयपुरमा आमालाई कुटपिट पछि दाजुभाईबिच बिबाद हुँदा धारिलो हतियार खुकुरी प्रहार गरी दाइले भाईको हत्या गरेका छन​। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार गएराती सोही स्थानका वर्ष ४३ का दाजु युवराज राईले आफ्नै भाइ वर्ष ३० को धर्मराज राईलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन ।

दाजुको खुकुरी प्रहारबाट गम्भीर घाईते भएका भाइको उपचारको क्रममा गएराती नै जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको दोङले जानकारी दिए । उनले भने,‘प्रारम्भिक अनुसन्धानको क्रममा दाजुले आमालाई कुटपिट गरेको विषयमा वादविवाद हुँदा भाइको शरीरको विभिन्न स्थानमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घटना लगत्तै फरार रहेका आरोपित युवराज राईको तिब्र खोजतलास भईरहेको र कहिकतै देखा परेमा नेपाल प्रहरीलाई खबर गरिदिन सबैमा प्रहरि प्रसासनको आग्रह छ ।