युक्रेनको डोनबास र खेरसन क्षेत्रले जनमतसंग्रह मार्फत रुसमा गाभ्ने निर्णय ।
एजेन्सी । युक्रेनको डोनबास र खेरसन क्षेत्रले जनमतसंग्रह मार्फत रुसमा गाभ्ने निर्णय गर्ने भएका छन् । यसले युक्रेनलाई ठूलो झड्का लाग्ने देखिएको छ । डोनबास र खेरसन क्षेत्रमा ६० लाख बढी युक्रेनी नागरिक रहेको र त्यसको ठूलो हिस्सा रुसमा गाभिन आतुर रहेको डोनेस्क र लुहान्सक राज्यका विद्रोही नेताहरुले बताएका छन् ।
युक्रेनले रुसले कब्जा गरेको ईलाकामा लगातार रकेट प्रहार गरीरहेका बेला ती दुई क्षेत्रले यस्तो निर्णय गरेका हुन् ।
खेरसन, लुहान्सक र डोनबासमा सेम्टेम्बर २३ देखि २७ सम्ममा जनमत संग्रह हुने र त्यसले अनुमोदन गरेमा ती क्षेत्रहरु रुसको भुभाग हुनेछन् ।
यस अघि सन् २०१४ मा पश्चिमाहरुको सहयोगमा भएको मैदान विद्रोहका क्रममा सो क्षेत्रका नागरिकहरुले अस्वीकार गर्दै विद्रोह थालेका थिए । त्यसपछि युक्रेनले ती क्षेत्रमा दमन गर्दै आएको थियो । त्यही बेला विद्रोह भएको क्रिमियामा रुसी सेनाले हस्तक्षेप गरेको थियो । क्रिमिया सोही समयमा जनमत संग्रह मार्फत रुसमा विलय भईसकेको छ ।
क्रिमियाको विलयपछि युक्रेनको ठूलो भुभाग र जनसंख्या फेरी रुसमा विलय हुन लागेको छ । यस अघि सन् २००८ मा जर्जियाको पनि केही भुभाग रुसमा विलय भएको थियो ।
गत फेब्रुअरी २४ देखि रुसले युक्रेनमा बिशेष सैन्य अप्रेशन जारी राखेको छ । यस अभियानलाई डोनबास क्षेत्रका नागरिकको रक्षा मुख्य लक्ष्य रहेको पुटिनले बताएका थिए ।