रुसी सेनाले राजधानी किभलाई नियन्त्रणमा लिने प्रयास गर्दै ।
एजेन्सी । रुसले युक्रेनमा बिशेष सैन्य अभियान घोषणा गरेको चौथो दिन त्याहाँ युद्ध थप भीषण बनेको छ । राजधानी किभ सहित तीन वटा शहरमा युद्ध तीव्र बनेको छ । रुसी सेनाले राजधानी किभलाई नियन्त्रणमा लिने प्रयास गरीरहेको छ भने युक्रेनले किभको रक्षा गर्न सबै उपाय लगाईरहेको छ ।
आज युद्धका क्रममा किभमा रहेको तेल डिपोमा विष्फोट हुँदा प्रदुषित धुँवा फैलिएको छ ।
यसैंबीच युद्धका क्रममा २ सय बढी सर्वसाधारण अहिले सम्म मारिएको सँयुक्त राष्ट्रसंघले जनाएको छ ।
यस युद्धमा रुसलाई रोक्न पश्चिमा देशहरुले कडा प्रतिवन्ध लगाईरहेका छन् ।
यता अमेरीका, जर्मन, फ्रान्स, अष्ट्रेलिया, जापान, बेलायत लगायतका देशले प्रत्यक्ष सेना नपठाए पनि हतियार र पैसा पठाउन शुरु गरेका छन् ।
काला सागरमा अमेरीकी ड्रोनबाट रुसी युद्धपोतमा हमला भएको रुसले जनाएको छ ।