युक्रेन र रुसको दोस्रो चरनको बार्ता सुरु ।
एजेन्सी।डोनबास क्षेत्रमा युक्रेनका शासकले दमन र नरसंहार गरेको भन्दै दुई क्षेत्रलाई अलग राज्यको मान्यता दिएर बिशेष सैन्य अभियान घोषणा गरेको रुसले सातौँ दिन युक्रेनको राजधानी किभ र खारकिभमा आक्रमण तीव्र पारेको छ ।
लगातार बम बर्षा र गोलाबारी चलिरहेका कारण मानिसहरु ठूलो संकटमा परेका छन् ।
यी भीडन्तहरुमा अहिले सम्म २ हजार सर्वसाधारण मारिएको युक्रेनको दाबी छ । रुसले यस विषयमा केही बताएको छैन । दुबै देशका हजारौँ सेनाको मृत्यु भईसकेको अनुमान गरिएको छ ।
रुसले क्रिमिया छेउको खेरसन शहर आज कब्जा गरेको छ । मेरिपोल पनि कब्जा गरेको बताईएको छ । यी दुई शहर कब्जा रुसले गरेमा युक्रेनको समुन्द्री सम्बन्ध टुट्ने छ ।
खारकिभमा ब्यापक आक्रमण भईरहेको र किभमा पनि बम बर्षा भईरहेको छ ।
आल सम्म यस युद्धका कारण ८ लाख बढी नागरिकहरु विस्थापित भएको सँयुक्त राष्ट्रसंघले जनाएको छ ।
यसैबीच रुस र युक्रेनबीच दोस्रो चरणको वार्ता पनि आज हुँदैछ । पहिलो चरणको वार्ता बेलारुसमा भएको थियो भने दोस्रो चरणको वार्ता पोल्याण्डमा हुँदैछ । वार्ताबाटै समस्याको समाधान गर्न रुस र युक्रेनमाथि दबाब बढीरहेको छ । अमेरीका र नेटो देशहरुले रुसमाथि प्रतिवन्ध थप्दै युक्रेनलाई हतियार आपुर्ति गरीरहेका छन् ।