रुसले चार वटा शर्त राख्दै युक्रेन संग बार्ताको प्रस्ताब राख्यो ।
एजेन्सी । रुस र युक्रेनबीच युद्ध शुरु भएको १२ औँ दिनमा आज पनि बेलारुसमा बार्ता भएको छ । यस वार्तामा रुसले चार वटा शर्त राख्दै तत्काल युद्ध अन्त्यको प्रस्ताव गरेको छ ।
ती शर्तहरुमा रुसमा विलय भएको क्रिमियालाई रुसी सीमा क्षेत्र मान्यता दिनु पर्ने, कुनै पनि गठबन्धनमा नलाग्ने गरी संविधान शंसोधन गर्नु पर्ने, डोनेत्सक र लुहान्सकलाई अलग राज्यको मान्यता दिनु पर्ने र तत्काल सैन्य आक्रमण बन्द गर्नु पर्ने ।
यी शर्तहरु किभले स्वीकारे तत्कालै युद्ध रोक्ने रुसले जनाउ दिएको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् ।
यदी ती शर्त नमाने , सर्वसाधारण नागरिकलाई मानवढाल बनाएर युद्ध जारी राखे र पश्चिमा ब्लकमा सामेल हुने कार्य जारी राखेमा आफ्नो लक्ष्य पूरा नहुञ्जेल आक्रमण जारी राख्ने चेतावनी रुसले दिएको छ ।
खेरसन सहित विभिन्न शहर कब्जा गरीसकेको रुसले ठूलो प्रतिरोधका बीच राजधानी किभलाई घेराहालीसकेको जनाएको छ । उसले अन्तिम प्रहार किभमा गर्ने तयारी गरेको समेत बताईएको छ ।
युक्रेनलाई अमेरीका, बेलायत, जर्मनी , टर्की, फ्रान्स लगायतका देशबाट भारी मात्रामा हतियार उपलव्ध गराईएको छ ।