युक्रेनमा जारी युद्दमा आफ्नो ४९८ सेना मारिएको रुसले स्वीकार गरेको छ ।
एजेन्सी। विगत एक सातामा युक्रेनमा जारी सैन्य अभियानका क्रममा आफ्नो ४९८ सेना मारिएको रुसले स्वीकार गरेको छ । साथै १५७० सैनिक अभियानको क्रममा घाईते भएको रुसी रक्षा मन्त्रालयले पुष्टी गरेको छ ।
यसै गरी युक्रेनका २८७० सैनिक मारिएको र ३७ सय घाईते भएको रुसको दाबी छ । साथै ५७२ युक्रेनी सेनालाई समातिएको पनि रुसले दाबी गरेको छ ।
उता युक्रेनको दाबी भने फरक छ उसले आफनो मृत्यु भएको सेनाको एकीन संख्या बताएको छैन । तर रुसको ६ हजार सेना मारेको र २ सय कब्जा गरेको दाबी गरेको छ ।
यस युद्धमा सँयौँ सर्वसाधारको पनि मृत्यु भएको छ । रुसले युक्रेनको रणनीतिक महत्वको शहर खेरसन नियन्त्रणमा लिएको छ । अहिले राजधानी किभ र खारकिवमा भीषण हमला गरीरहेको छ ।