
एजेन्सी । रुसी सेनाले क्षेप्यास्त्र प्रहार गरी अमेरीका र युरोपले युक्रेनका लागि दिएको ठूलो परिणामको घातक हतियार नष्ट पारेको दावी गरिएको छ ।
जेपोरोजीमा भण्डारण गरिएको डिपोमा लामो दुरीको क्षेप्यास्त्र प्रहार गरी नष्ट पारिएको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ ।
काला सागरबाट क्यालिबर क्षेप्यास्त्र हानेर हतियार भण्डार ध्वस्त पारीएको समाचारमा उल्लेख छ ।
यसका अतिरिक्त एकै रातमा ५९ वटा युक्रेनको सैन्य अखडामा हमला गरिएको , १८ वटा युक्रेनी सेनाको ड्रोन खसालिएको पनि रुसको दाबी छ ।
यस अघि पनि सोमबार रुसी सेनाले विदेशी हतियार ओसार्दै गर्दा युक्रेनको रेलमा आक्रमण गरी क्षतिग्रस्त बनाएको बताएको थियो । गत फेब्रुअरी २४ देखि शुरु भएको युद्धमा दशौँ हजार सेना र सर्वसाधारणको मृत्यु भईसकेको छ भने हजारौँ सैन्य तथा गैर सैन्य संरचनाहरु ध्वस्त भएका छन् ।
रुसले अमेरीका र युरोपलाई घातक हतियार पठाएर संकटलाई थप चर्काउने काम नगर्न र त्यसरी पठाउने हतियार रुसी आक्रमणको निशानामा पर्नु बैधानिक कदम हुने पनि चेतावनी दिँदै आएको छ ।