
एजेन्सी । युक्रेनमा रुसले हमला गर्छ , कडा परिणाम भोग्नु पर्छ भन्दै चेतावनी दिएको अमेरीकाले अब ताईवानतिर यस्तो भविष्यवाणी शुरु गरेको छ ।
अमेरीकी राष्ट्रपति जो बाईडेनले आज उच्चस्तरीय सुरक्षा अधिकारीहरुसँग आकस्मिक बैठक गरेपछि सैन्य प्रतिनिधिमण्डल ताईवान पठाएका हुन् ।
न्युयोर्क पोष्टका अनुसार अमेरीकी गुप्तचर प्रमुख विलियम बन्र्स सहितको टोली ताईवान पुगेको छ ।
युक्रेनलाई जस्तै ताईवानलाई पनि अमेरीकाले चीनद्धारा हमला हुन सक्ने सूचना दिईरहेको रिपोर्टमा उल्लेख छ ।
एक सैन्य अधिकारीले अमेरीकी राष्ट्रपतिले दक्षिणी चीनीया सागरमा युद्धपोत र सैन्य तैनाथीको लागि यस अघि देखिनै जोड दिएको र चीनले ताईवानमा आक्रमण गर्ने वित्तिकै तत्काल अमेरीका एक्सनमा आउने र त्यसको तयारी लामो समयदेखि चलिरहेको दाबी गरिएको छ ।
चीनले आफ्नो भुभाव दाबी गरीरहेको ताईवानलाई स्वतन्त्र राष्ट्रको मान्यता दिँदै अमेरीकाले ठूलो मात्रामा हतियार बेचिरहेको छ । अमेरीकाकै समर्थनको बलमा ताईवानले चीनलाई चूनौती दिईरहेको छ ।