हावाहुरी र अबिरल बर्ष का करण रंगेली मा ३५ सय बिघा धान नष्ट भएको छ

रबिन्द्र बराल मोरोङ / पाँच दिन अगाडि आएको  अबिरल  वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ।  मोरङ को सिमावर्ति क्षेत्रको रंगेली ,धनपालथा, सुनवर्सि, रतुवामाई कानेपोखरी  लगायतका क्षेत्रका अधिकांश किसान हरुले असार महिनामा  सयौं बिगाघ  खेतामा  लगाएको धन बाली दुई दिन परेको  

अबिरल बर्षाका कारण नष्ट भएको छ । खेतमा कतै  पहेंलै भएर पाकेको र कतै  हरियो धान समेत हावा र पानीका कारण खेतमा पानी भरिए पछि सम्पुर्ण  धान खेतैमा कुहिने अवस्थामा पुगेको रंगेली का कृषक पुर्सातम काफ्लेले  ले बताए । भारी  बर्षका कारण बर्षभरी खानका लागि जोहो गर्ने र आफुलाई  गरेता पनि

खेतमा दुख गरेर  रोपिएको धान दुई दिन को हावा हुरीका कारण खेतैमा  बाला मात्रै देखिने गरि हिलोले  पुरिए पछि  आफू  हरु  चिन्तित रहेको कौशिला ताजपुरीया ले बताईन । मोरङमा बक्राह खोला चिस्यान खोला, चेकाहा खोला  मरिया खोला लगायत  अधिकंश खोला को बाहव बडेपछि काटने अवस्थामा रहेको धानबाली घर भित्राउने समय भएको बेलमा

बेमौसमी  अबिरल बर्षाको कारण धान बाली सोतर भएपछि  किसानहरु  चिन्तित रहेका छन ।गतवर्ष भन्दा यस बर्ष धान राम्रो फलेपछि किसानहरु उत्साहित थिए। तर धान भित्राउने बेलाको बेमौसमी वर्षातले किसानलाई निराश बनाएको छ। कतिपयको धान खोलामा आएको बाढीले बगाएको छ भने कतिपयको धान खेतमै डुबेको छ।अविरल बर्षा, हावा हुरीसंगै कतिपय ठाउँमा काटेको

धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको सत्यनारायण ताजपुरीया ले बताए । अबिर वर्षा का कारण रंगेली क्षेत्रमा  ३५ सय बिधा  को  धानखेती नष्ट भएको कृषि शाखा रंगेली का प्रमुख बिरेन्द्र मंडल ले बताए ।अहिले खेतमा खोलाले बगाएर ल्याएको दाउरा मात्रै रहेको र सोहि दाउरा लिएर घर लैजानु पर्ने बाध्यता रहेको कृषक हरु बताउँछन् ।