झापा गाउँपालिका सेवा समाजको दशैँ शुभकामना कार्यक्रम सम्पन्न

काठमाडौँ।  झापा जिल्लाको झापा गाउँपालिका स्थायी घर भई हाल काठमाडौँ लाई कर्म स्थल बनाएका युवाहरूले दसैँ शुभकामना कार्यक्रम सम्पन्न गरेका छन् । विभिन्न सङ्घसंस्था ,कम्पनी, सरकारी सेवा,तथा व्यवसाय सम्हालेर काठमाडौँ  बस्दै आएका झापाली युवाहरूले झापा गाउँपालिका सेवा समाज नामक संस्था स्थापना गरेका हुन्।  

बलदेव कार्कीको अध्यक्षतामा गठन भएको उक्त संस्थाले बृहत् सोच राखी संस्था अगाडी बढाईरहेकाछन। जुझारु तथा कर्मठ युवाहरूले गठन गरेको झापा गाउँपालिका सेवा समाजको सचिवमा शङ्कर ओली, कोषाध्यक्षमा प्रेम बानिया रहेका छन।

दसैँ शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो।ज्येष्ठ नागरिक, सरकारी उच्चपदका कर्मचारी, प्रहरी सेवामा कार्यरत वरिष्ठ व्यक्तित्वहरू, कलाकारहरू, विभिन्न व्यवसायमा संलग्न व्यक्तिहरूलाई समेत खादा ओढाएर मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न व्यक्तिहरूले  गाउँपालिकाको इतिहास र वर्तमानलाई छर्लङ्ग हुने गरी आफ्ना भनाइहरू राखेका थिए।

समाजसेवी, विभिन्न सङ्घ संस्थामा आबद्ध साथै वरिष्ठ व्यवसायी यस समाजका सचिव शङ्कर ओलीले सञ्चालन गरेको कार्यक्रम भब्यरुपमा सम्पन्न भयो। कार्यक्रम पछि सोही स्थानमा अवस्थित धनन्तरी रेस्टुरेन्ट एन्ड बारमा खानपिनको राम्रो प्रबन्ध मिलाइएको थियो। हाँडीगाउमा रहेको उक्त कार्यक्रम स्थल झापा गाउँपालिका सेवा समाजका अध्यक्ष बलदेव कार्कीको आफ्नो व्यवसाय हो।