थाइल्याण्ड र कम्बोडियाबिच फेरि सैन्य संघर्ष चर्कियो
काठमाडौं - थाई आर्मीले कम्बोडियासँगको झडपपछि हवाई आक्रमण सुरु गरेको बताएको छ। यी आक्रमण विवादित थाइल्याण्ड-कम्बोडिया सीमामा गरिँदैछन्।
थाइल्याण्डले सोमबार बिहान कम्बोडियाबाट आफ्ना सेनामाथि गोलीबारी भएको र दुई सैनिकको मृत्यु भएको तथा अन्य चार जना घाइते भएको बताएको छ। तर त्यसको केही समयपछि थाई सेनाले मृतक र घाइते सैनिकको संख्या परिवर्तन गरेको थियो।
थाई सेनाका प्रवक्ताले पत्रकार सम्मेलनमा कम्बोडियाबाट भएको गोलीबारीमा एक सैनिकको मृत्यु भएको र अन्य आठ जना घाइते भएको बताएका छन्। साथै कम्बोडियाले आक्रमण थाइल्याण्डले सुरु गरेको र त्यसको कुनै प्रतिक्रिया नदिएको दाबी गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मलेसियाले थाइल्याण्ड-कम्बोडियाबीच मध्यस्थता गरेको युद्धविराम सम्झौता दुवै देशले एकअर्कामाथि उल्लंघन गरेको आरोप लगाएका छन।