हाम्रो आवाज न्युजडटकम- चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता को च्याखुनले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्दै ताईवानलाई करिब ११ अर्ब डलर बराबरको सैन्य सामग्री बेच्ने अमेरिकी घोषणा सम्बन्धमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिनुभएको छ।
कोले यसरी भन्नुभयो, अमेरिकाले ताईवानलाई उन्नत हतियार बेच्ने ठूलो योजना घोषणा गरेको छ, जसले एक चीन सिद्धान्त र चीन तथा अमेरिका बीच सम्पन्न ३ संयुक्त विज्ञप्तिहरूको गम्भीर उल्लंघन गरेको छ। चीनको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डतालाई गम्भीर रूपमा क्षति पुर्याएको छ र ताईवान जलडमरु क्षेत्रको शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर पारेको छ। साथै "ताईवान स्वतन्त्रता" पक्षधर शक्तिलाई गम्भीर गलत सन्देश दिएको छ। चीनले यसको कडा विरोध र निन्दा गर्दछ।’
प्रवक्ता कोले अगाडि भन्नुभयो, ‘अमेरिकाले "ताईवान स्वतन्त्रता" पक्षधर शक्तिलाई मद्दत गर्नुमार्फत आफैलाई आगो लगाउनेछ र "चीनलाई नियन्त्रण गर्न ताईवानको प्रयोग" कहिल्यै सफल हुनेछैन।’
कोले ताईवान मुद्दा चीनको मुख्य चासोको केन्द्र भएको र चीनले अमेरिकाले ताईवानलाई हतियार दिने र खतरनाक कार्य तत्काल रोक्न आग्रह गरेको पनि जनाउनुभयो। चीनले राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षाका लागि दृढ र प्रभावकारी कदम चाल्ने पुष्टि पनि उहाँले गर्नुभयो।