धरानमा भोलि "भिषण मुकारुङ" साँँझ हुने

हाम्रो आवाज न्युजडटकम ​- सुनसरीको धरानमा भोलि पुस ५ गते शनिबार साँझ गायक भीषण मुकारुङको एकल साँझ हुने भएको छ । धरान–१५ स्थित किराँत याक्थुम चुम्लुङको सभाहलमा पुस ५ गते शनिबार साँझ मुकारुङको एकल सांगीतिक कार्यक्रम आयोजना गरिएको छ ।

यो कार्यक्रम गत भदौ २८ गते गर्ने भनिएको उक्त कार्यक्रम  जेनजी आन्दोलनका कारण स्थगित गरिएको थियो । धरानका दर्शकलाई एकल साँझमार्फत मनोरञ्जन गराई संकलन हुने रकम सामाजिक कार्यमा खर्च गरिने बताइएको छ ।

एकल साँझबाट उठ्ने रकम सुनसरी–भोजपुर सरोकार समाजले धरानमा निर्माण गर्न लागेको भवन निर्माण सहयोगमा प्रदान गरिने छ ।

दुई दशकभन्दा लामो संगीत यात्रामा रहेका गायक मुकारुङका ‘विश्वासको बन्धन’, ‘सक्सेस’, ‘संवाद’, ‘माहौल’, ‘चन्द्रमुखी’, ‘एउटा सत्य’ लगायतका एल्बम बजारमा छन्। उनका ‘अँधेरीमा जुन फूल्दा’, ‘खोर्सानी डल्ले’, ‘चन्द्रमुखी’, ‘ए सिम्मा’ लगायतका गीत चर्चित छन ।

उनले गायका यहिँ चर्चित गीतहरू प्रस्तुत गरी धरानवासीलाई भरपुर मनोरञ्जन प्रदान गर्ने तयारीमा रहेका छन ।