हाम्रो आवाज न्युजडटकम - मनोज साङसोन र बिना लावतिको स्वर रहेको "निरमाया" बोलको गित सर्बजनिक भएको छ। गितकार कमला प्रधानको उत्कृष्ट शब्द रहेको ठेट पुर्बेलि गित स्टुडियो किङको आफ्नै अफिसियल युटुब च्यानल Studio King बाट माघ एक गत्तेको दिन सार्बजानिक भएको हो।
गीतकार कमला प्रधानको यो शब्दलाई स्टुडियो किङको संचालक समेत रहेका गायक तथा संगितकार मनोज साङसोन राईले नै यस गीतको संगित तथा संगित संयोजन गरेका छन। रेकर्डिष्ट, सुरेश पायल राई र मानोज साङसोनले स्टुडीयो किङमा रेकर्ड गरेको यो गीतलाई उत्कृष्ट साउण्ड ईञिनियरको परिचय बनाई सकेका साउण्ड ईञिनियर राजु कार्किले यो गितको मिक्सिङ तथा मास्टरिङ गरेका छन्।
ठेट पुर्बेलि भाकामा बनेको यो गीतको शब्द, संगित, गायकि तथा संगित संयोजन सबै पक्षबाट हेर्दा यो गीतलाई उत्कृष्ट सृजना मान्न सकिन्छ। म्युजिक भिडीयोमा गायक, गायीकाको आफ्नै अभिनय रहेको यो गीतको निर्माण पक्षले यो गितलाई दर्शक तथा स्रोताहरुले मनपराईदिने कुरामा आफुहरु बिस्वस्त रहेको कुरा समेत हाम्रो आवाज न्युजडटकमलाई बताए।
गीतको युटुब लिङक तल.......