
हाम्रोआवाज न्युजडटकम-चर्चित बाल गायिका नविना केसीको पहिलो गित खुसी गुमेको बोलको गित सार्वजानिक भएको छ ।
पश्चिम रुकुमको बाफिकोट गाउँपालिकामा जन्मिएकी ११ बर्षकी केसी पछिल्लो समयकी चर्चित बालगायिका समेत हुन् । ३ वर्षकै उमेरमा वावु गुमाएकी बाल गायिका केसीको वास्तविक जीवनमा आधारित यो गित साच्चै मर्मस्पर्शी बनेको छ। गितमा गायक दिपेन्द्र पौडेल र चक्र अभिरलको समेत आवाज रहेको यो गितको शब्द पनि दिपेन्द्र पौडेलले नै लेखेका हुन् भने संगित चक्र अविरलको रहेको छ । गितको एरेन्ज यम थापा मगरले गरेका हुन् भने म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक प्रियजनराईले गरेका छन् ।
गितका कलाकारहरु: टीका बि.श्रेष्ठ ,हरि ढकाल,संचिता गुरुङ,राजु रिजाल,प्रकाश बराईली ,मिठु थापा,अभिषा भट्ट,मन्दिप श्रेष्ठ गोर बहादुर कार्की ,रबिन दोङ,दिपक गुरुङ ,प्रमोद भट्ट,सिर्जना लम्साल,सुजन ठकुरी ,आदि को रहेको छ। भने, संकर बराल ले गरेको शृङ्गार,स्कृप्ट रबिन दोङ रहेको छ,बिक्रम कार्की को छायांकन रहेको भिडियो को सम्पादन अनिल कुमार महर्जन ले गरेका हुन!
अहिलेका बाल प्रतिभाहरु मध्ये सबै भन्दा उत्कृष्ठ प्रतिभाको उपाधी पाईसकेकी नविनाको आवाज रहेको यो गितलाई लेकबेशी खबरले आफ्नो अफिसियल युटुव च्यानल मार्फत सार्वजानिक गरेको हो। यस गितको सम्पुर्ण पक्ष एकदमै सबल र उत्कृट रहेको यस गितको दर्शक तथा श्रोता हरुले प्रतिकृया दिएका छन् ।
गितको पुरा भिडियोको लिङ्क तल……