नेपाल भ्रमण बर्ष सन् २०२० स्थगित
काठमाण्डौ। नेपाल सरकारले आइतबारसाँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदकोबैठकले नेपाल भ्रमण बर्ष सन् २०२० स्थगितगर्ने निर्णय गरेको हो। बैठकमा सहभागी एकमन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्माओलीले नेपाल भ्रमण बर्ष सन् २०२० स्थगितगरी सन् २०२२ नेपाल भ्रमण बर्ष धोषणा गर्नेप्रस्ताव राखेका थिए।
मन्त्रिपरिषदको बैठकले “अन-आराइभल” भिसा स्थगित गर्दै कोरोना भाइरसको संक्रमणदेखिएका देशहरुबाट नेपाल आउने पर्यटकलेसम्बंधित देशमा रहेको नेपाली दूतावासबाटभिसा लिनु पर्ने हुन्छ। पर्यटकले भिसाकोलागि निवेदन दिदा स्वास्थ्य सर्टिफिकेट समेतसमावेश गर्नु पर्ने निर्णय गरेको छ।
गत विहिबार जेनेभामा नियमित पत्रकारसम्मेलनमा विश्व स्वास्थ्य संगठनकामहानिर्देशक ट्रेडस एडहानोम गेहब्रेयसलेप्रत्येक मुलुकले उच्च सतर्कता अपनाउनचेतावनी स्वरुप कोभिड-१९ भित्रन सक्दैनभनेर गम्भीर भुल नगर्न चेतावनी दिएपछिनेपाल सरकारले यस्तो निर्णय गरेको हो।
चीनमा तुलनात्मक रुपमा यसको संक्रमणधट्दै गए पनि युरोप र मध्य पूर्वमा यसकोअसर देखिन थालेपछि चिन्ता व्यक्त गर्दै गतविहिवार ब्राजिल, जर्जिया, ग्रीस, नर्थम्यासेडोनिया, पाकिस्तान, नर्वे र रोमानियामायसको संक्रमण पहिलो पटक साथै इरान, इटाली र दक्षिण कोरियामा देखिएको असरलेथप खतरा रहेको जनाउदै आफ्ना सदस्यराष्टहरुलाई यस्तो चेतावनी दिएको थियो।
सगरमाथा संबाद पनि स्थगित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलेनेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण बर्ष सन्२०२० पर्यटनमन्त्री योगेश भट्टराईकोअध्यक्षतामा कोरोनाको विश्वव्यापी प्रभावतथा मन्त्रालय अन्तर्गतका निकायहरुबाटअपनाउनु पर्ने सतर्कता, पूर्वतयारी गर्नु पर्नेबैठकले निर्णय गरेको हो।
नेपालको पर्यटन प्रवन्धनको लागि वैकल्पिकरणनीति तय गर्न नेपाल पर्यटन बोर्डमाक्रियाशील समुहले देशगत सुचनाहरुअध्यवधिक राखी आवश्यक आन्तरिकतयारी गर्ने निर्णय पनि गरेको थियो।नेपालको आन्तरिक पर्यटन प्रबन्धनका नीतिर कार्यक्रमका सन्दर्भमा नेपाल पर्यटन बोर्ड रनेपाल भ्रमण बर्ष सन् २०२० को सचिवालयलेएक हप्ता भित्र संक्षिप्त प्रतिवेदन पेश गर्ननिर्देशन दिएको छ।