चर्चित र्यापर भिटेनको प्रस्तुती कोलोराडोको डेन्भरमा हुदै ।

✍️हाम्रो आवाज न्यूज,कोलोराडो अमेरिका । चर्चित र्यापर गायक भिटेनको साँगीतिक प्रस्तुती कोलोराडोको डेन्भर शहरमा हुने भएकोछ।यही जुलाई ९ मा 2637 Walton ST Denver Co 80205 मा हुन लागेको कार्यक्रमको बिशेष आयोजना कोशेली कोलोराडोले गरेको हो ।

कोशेली कोलोराडोले बिगत केही समय देखी बिभिन्न नेपाली साँगीतिक कार्यक्रम र चर्चित नेपाली फिल्महरु कोलोराडोमा देखाउदै आईरहेकोछ ।कोशेली कोलोराडोका प्रमुख बजार ब्यवस्थापक राजन गुरुङले हाम्रो आवाज न्यूज संगको छोटो कुराकानीमा यस पल्ट फरक धारको प्रस्तुती रहेको कोलोराडोमा रहेका सबै नेपाली भाषीहरुलाई उक्त कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन ।