वुहानमा कोरोना भाईरल सुन्य

कोरोना भाइरस न्युनिकरणमा चीनले सफलता हात पारेको छ । कोरोनाको इपिसेन्टर वुहान शहरमा पछिल्ला तीन दिनदेखि मृत्यु र संक्रमित हुनेको संख्या शून्यमा खुम्चिएको हो ।

चीनियाँ स्वास्थ्य आयोगलाई उदृत गर्दै सिन्ह्वाले लेखेको छ, लगातार दिनदेखि वुहान शहरमा कुनै नयाँ मृत्यु र संक्रमित भेटिएको छैन, वुहानले कोरोनालाई परास्त गरिसकेको छ ।

अहिले यो भाइरसको महामारी विश्वभर अरु मुलुकमा तिव्र रुपमा फैलिरहेको छ भने चीनमा नियन्त्रण तर्फ गएको छ । चीनभन्दा पनि प्रभावित युरोपेली मुलुक बनेका छन् । चीनमा शुक्रबार भने ७ जनाको मृत्यु भएको छ ।