काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक यही बैशाख २६ गते बस्ने भएको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा तय गरिएको छ ।
बैठक पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको एजेण्डामा केन्द्रित हुनेछ । यही वैशाख २९-३१ सम्म झापामा केन्द्रीय समिति बैठक बस्दैछ ।
सचिवालय र केन्द्रीय कमिटी बैठकमा पार्टी सुदृढीकरणका लागि एमालेले थालेको २ महिने ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा, पार्टीको आगामी रणनीति र समसामयिक राजतीतिक परिवेशमा विषयमा पनि छलफल हुने बताइएको छ ।