यलम्बर हाङ किरातको मात्र राजा होईन, नेपालकै पहिलो राजा हुनः मुलघरे कान्छा

नेपालको अंधिकाश मानिसहरु, किरात संघ-संस्था लगायत अंधिकाश किरातीहरुले नेपालको सबैभन्दा पहिलो राजा यलम्बर हाङ लाई प्रथम किरात राजा मात्र भनिरहेका छन। जुन गलत छ। यी अंधिकाश मानिसहरुको बुझाईमा यलम्बर हाङ को हो? भन्दा प्रथम किराती राजा (अर्थात किरातीको मात्र राजा) अरे… अनी नेपालको राजा चाहि? भनियो भने उनको दिमागमा सोझै पृथ्वी नारायण शाह या अन्य शाह राजाहरु मात्र सम्झन्छन।

राजा यलम्बर हाङ लाई चाहि किरातीकै मात्र राजा भनिदिने अनी शाह राजाहरु मात्र नेपालको राजा हो भन्ने गलत मानसिकता अंधिकाशमा रहेको छ। नेपालको सबैभन्दा प्राचीन मानव सभ्यता किरात सभ्यता हो । नेपालको आधिकारिक ईतिहास (नेपाल खाल्डो)उपत्यकामा अवस्थित नेपालको पहिलो राजा यलम्बर हाङको शाषनकाल(किरातकाल)बाट नै सुरुवात हुनेगर्दछ। त्यो भन्दा कुनै पनि ईतिहासलाई नेपालको ईतिहासमा आधिकारीक रुपमा पुष्टि भएको पाईन्दैन। यो देश (नेपाल)नाम कसरी रहन गयो? भन्ने विषयमा ईतिहासविदहरुको आ-आफनै मत मतान्तर रहेको छ।

अंधिकाशले नेपाल लाई संस्कृत भाषाबाट तुलना गरेका छन।निपजन नेपाल’ नीप नि+अप् नि उपसर्ग हो। अप्=पानी बुझाउने शब्द जोड्दा अर्थ हुन्छ:-पानी नजिकको होचो र गहिरो ठाउँ, कसैले ने नाम गरेको ऋषिले संरक्षण दिएको कारण ने+ पाल (संरक्षण गर्नु) भन्ने शब्द मिलि नेपाल देश रहन गएको भन्ने मनगढन्ते भनाईहरु रहेको छ।

मेरो मान्यता (नेपाल)जो प्राचिन काठमाण्डू खाल्डोलाई नेपाल भनिन्थियो त्यो किरात भाषाबाट बनेको हुनुपर्छ, जो किराती भाषाबाट (नेपाल)को अर्थ खोज्नु, अध्ययन-अनुसन्धान गर्नु बाँकि नै छ। नेपालको शाह राजाहरु मात्र नेपालको राजाहरु होईनन, ती शाह राजाहरु भन्दा हजारौ वर्ष अगाडि (नेपाल खाल्डो) काठमाण्डू उपत्यकामा शासन गरेका किरात राजाहरु, लिच्छवी, मल्ल, सेनवंशी लगायत सम्पुर्ण राजाहरु पनि नेपालको राजाहरु हुन।

किराती राजाहरु कुनै विदेशी राजा थिएनन, किरातकालिन राजाहरु नेपालको नै राजाहरु हुन। त्यसैले नेपालको नेपाल (खाल्डो) उपत्यकाको सबैभन्दा पहिलो राजा यलम्बर हाङ लाई प्रथम किरातीकै मात्र राजा भन्ने संकुचित मनोविज्ञान सबैले त्याग्नुपर्दछ।

राजा यलम्बर हाङ किराती राजा मात्र होईनन राजा यलम्बर हाङ नेपालको सबैभन्दा पहिलो राजा हुन। जो ऊनी किराती थिए । तसर्थ नेपालको राष्ट्र निर्माता, राष्ट्रपिता, संस्थापक, राष्ट्रनायक नेपालकै सबभन्दा पहिलो राजा यलम्बर हाङले सर्वप्रथम त्रिशुली देखि टिस्टासम्म नेपाल एकिकरणको सुरुवात गरेका थिए । यो आधुनिक नेपालको जग राजा यलम्बर हाङले नै बसालेका थिए।अत: नेपालको पहिलो राजा यलम्बर हाङको महान योगदानको सम्पुर्ण नेपालीहरुले सम्मान र कदर गरौ ।

मुलघरे कान्छा, हाल बेलायत