खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा आज सपथ ग्रहण हुदै ।
काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त हुनुभएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको हो । साथै आज नवनियूक्त राजदुत खतिवडाले आज सपथ ग्रहण गर्दै हुनुहुन्छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरिएको उल्लेख गर्नुभएको छ ।यसअघि प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरिएको थियो। तत्कालीन नेकपा एमालेले गएको निर्वाचनपछि खतिवडालाई राष्ट्रियसभा लगेको थियो।